INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिले हातपात गरेको पीडितको आरोप

सभापोखरी गाउँपालिका-६ की २९ वर्षीया सोमकुमारी राईले आफूलाई सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बूले हातपात गरेको आरोप लगाउनु भएको छ ।

विद्युतको पोल गाड्ने  विषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष लिम्बूले घरमै आएर ०८१ असार ३ गते दिउँसो हातपात गरेको पीडित राईको आरोप छ ।

कुटपिटबाट राईको शरीरका विभिन्न भागमा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाउँपालिका अध्यक्षले घर नजिकै विद्युत पोल गाड्न खोजेपछि आफूले हटाउन आग्रह गर्दा जनप्रतिनिधिले हातपात गरेको पीडितको आरोप छ ।

आरोपितविरूद्ध पीडितले कुटपिट आरोपमा असार ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

टोल विकास संस्थाको समन्वयमा पोल गाड्ने विषयमा सहमति भएको र सोमकुमारी राईको घर अगाडि पोल गाडिएको छ ।

सुरूमा पोल गाड्न राईले स्वीकृति दिएको र पोल गाडीसकिएपछि घरेलु हतियारले आफूलाई आक्रमण गर्न खोज्दा आत्मरक्षा मात्र गरेको घटनाका आरोपित सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बूको भनाइ छ ।

घटनाका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रहरीले जनाएको छ ।

Photo 20240619 sangkhuwasabha

अन्य

भिडियो