१७ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर जिल्ला अदालतले सिद्धलेक गाउँपालिका–२ का २४ वर्षीय संजय नेपालीलाई सात वर्ष कैद ३ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ ।
जिल्ला न्यायधीश गीता श्रेष्ठको इजलासले ०८१ जेठ ३२ गते फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार माधव भण्डारीले बताउनु भयो ।
पीडितलाई आरोपितले ०८० माघ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई ०८० फागुन ४ गते गिरफ्तार गरि मुद्दा चलाएको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण फागुन ४ गते गते धादिङ अस्पतालमा गरिएको थियो ।