INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१३ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेका आरोपित विष्णु गाउँपालिका-५ का ३४ वर्षीय दिपक कुमार चौधरीविरुद्ध ०८१ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ ।

रोजगारीको प्रलोभन देखाई ०८१ जेठ १४ गते बालिकालाई भारतको लुधियाना लग्दै गर्दा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी टाेलीले सङ्काकाे आधारमा आराेपितलाई सोध पुछ गर्न खोज्दा आरोपितले प्रहरी जवान सुवोध कुमार साहीमाथि हातपात गरी बालिकालाई छाडी भारत तर्फ फरार भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

बालिकालाई उद्धार गरी परिवारकाे जिम्मा लगाई आरोपितको खोजतलास गरिरहेकाे डिएसपी श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो