INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदय नगरपालिका-४ श्रीअन्तुका २७ वर्षीय मिलन घिमिरेलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको ०८१ जेठ ३० गतेको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय र पाँच लाख रुपियाँ जरिबानाको आदेश भएको अदालतका श्रेस्तेदार इन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।

बालिकालाई आरोपितले ०८० भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोेपितलाई प्रहरीले ०८० भदौ १३ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

मुलुकी संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम घिमिरेको कसुर ठहर भएको श्रेस्तेदार श्रेष्ठले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० भदौ १३ गते गरिएको थियो ।

अन्य

भिडियो