५१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धुनीबेसी नगरपालिका–२ का ३८ वर्षीय सन्तोष रमतेल विररूद्ध ०८१ जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
पीडितलाई आरोपितले जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २९ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्राले बताउनु भयो । प्रहरीले आरोपितको खोजी गरीरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिश्राले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २९ गते धादिङ अस्पतालमा गरिएको छ ।