२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका-१ का ४० वर्षीय राकेश कुमार बञ्जरालाई प्रहरीले ०८१ जेठ २९ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३० गते बर्दिया अस्पताल, गुलरियामा भयो ।