३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर नगरपालिका-५ का ३७ वर्षीय सुकिरा चौधरीविरुद्ध पीडित पक्षले ०८१ जेठ २८ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।
आरोपितले पीडितलाई जेठ २ गते धाक धम्की दिई तथा तप्रलोभन देखाई बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयाे ।