१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका—१ का २१ वर्षीय दिवस डगौरालाई ०८३ साउन १० गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउन ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १० गते इलाका प्रहरीमा कार्यालय, टिकापुरमा उजुरी दिएको टिकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विकले बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको छ ।