१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर जिल्ला खालेलुङ गाउँपालिका–५ का ४८ वर्षीय रमेश गुरुङलाई ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८० पुस ८ गते नीलकण्ठ नगरपालिका –३ मा बलात्कार गरेको भन्दै पीडित परिवारले ०८१ वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घटना लगत्तै फरार रहेको आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्राले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते धादिङ अस्पतालमा गरिएको थियो ।