चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जना मजदूरको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएर थप दुई जना मजदूर घाइते भएका छन्।
अविरल वर्षापछि ०८१ जेठ २९ गते राति खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदूर बर्दिया जिल्लाका गङ्गाराम थारुको मृत्यु भएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार पहिरोमा पुरिएर अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन् । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा भइरहेको छ ।
राति कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेको क्याम्पका १४ ओटा कोठामध्ये तीन ओटा कोठा पहिरोमा पुरिएका छन् ।