INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मायादेवी गाउँपालिका-१, ओइरोइलीका २५ वर्षीय धर्मराज कुर्मी विरुद्ध इलाका प्रहरी कार्यालय, लुम्बिनीमा ०८१ जेठ २८ गते उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २८ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपित विरुद्ध अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते भिम अस्पताल, भैहरवामा भयो ।

अन्य

भिडियो