१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रिब्दीकोट गाउँपालिका-५, नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई प्रहरीले ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुगन्ध श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २८ गते पाल्पा अस्पतालमा भयो ।