INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नगरपालिक-५ का १९ वर्षीय मोहमद इर्फानविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा ०८१ जेठ २४ गते उजुरी दिनु भएको छ ।

आरोपितले बालिकालाई जेठ २३ गते यौन दुर्व्यवहार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पीडित बालिकाको बुबाले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा जेठ २४ गते भयो ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई जेठ २३ गतेनै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णुप्रसाद सोतीले बताउनु भयो ।

अन्य

भिडियो