१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन जिल्लाको माडी नगरपालिका–३, बसन्तपुर स्थायी घरभई बुटवल उपमहानगरपालिका–११, बुद्धनगर बस्ने ३१ वर्षीय श्याम चौधरी र नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–६, परासीका ३० वर्षीय विजय विक विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा ०८१ जेठ २४ गते उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई जेठ २३ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।