INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

मेन्छयायेम गाउँपालिका-४ की २८ वर्षीया पुजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति वीरबहादुर गुरुङलाई जेठ २४ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ २३ गते कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो ।

कुटपिटबाट पीडितको टाउको चोट लागेकाले जिल्ला अस्पतालमा जेठ २४ गते उपचार गरिएको छ ।

अन्य

भिडियो