INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१७ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित रौतामाई गाउँपालिका-८ पाँबुका ३२ वर्षीय राजकुमार सुनुवारविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ईङनामको ०८१ जेठ २३ गतेको इजलासले मुद्दालाई मुल्तवीमा राख्ने आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितविरूद्ध ०७९ फागुन २९ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि आरोपित गिरफ्तार नभएपछि मुद्दा मुल्तवीमा राख्ने आदेश भएको हो ।

आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०७९ चैत ६ बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ चैत ४ गते गरिएको थियो ।

त्यसैगरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ जेठ २१ गतेको इजलासले ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सप्तरी जिल्ला कञ्चनपुर नगरपालिका–१ स्थायी घर भइ जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई १५ दिन कैद सजायको फैसला गरेको छ ।

११ वर्षीया बालिकलाई ०८० असार १ गते यौन दुर्व्यवहार गरेको कसुरमा दोषी ठहर गर्दै  बेलका नगरपालिका–१ पुरन्दहमा सामाजिक विषयका शिक्षक ५५ वर्षीय सुकदेव पाठकलाई १५ दिन कैद सजाय फैसला आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो । अदालतको सोही आदेशले ३० हजार रुपियाँ क्षतिपूर्ति र २ सय रुपियाँ पीडित राहतकोषमा भराउन आदेश भएको श्रेस्तेदार भट्टराईले बताउनु भयो ।

बालिकालाई आरोपितले ०८० असार १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २ गते इलाका प्रहरी कार्यालय, रामपुरमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले ०८० असार २ गते कोठाबाट गिरफ्तार गरी जिल्ला अदालतमा असार १७ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० असार २ गते गरिएको थियो ।

त्यसैगरी ४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–३ आमसालका २१ वर्षीय संगम श्रेष्ठलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको ०८१ जेठ २२ गतेको इजलासले कसुर ठहर गर्दै ७५ हजार  रुपियाँ क्षतिपूर्ति र २ हजार रुपियाँ पीडित राहतकोषमा भराउन आदेश भएको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

महिलालाई आरोपितले ०८० असार १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १६ गते इलाका प्रहरी कार्यालय, बेल्टारमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले ०८० असार १६ गते घरबाट गिरफ्तार गरी जिल्ला अदालतमा असार २८ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० असार १७ गते गरिएको थियो ।

अन्य

भिडियो