सशस्त्र द्वन्द्वको समयमा राज्य पक्षले आफ्ना बाबु धनबहादुर श्रेष्ठलाई बेपत्ता बनाइ हालसम्म न्याय नपाएको भन्दै न्यायका लागि पहल गरिदिन इन्द्रावती गाउँपालिका—४ का मानबहादुर श्रेष्ठले ०८१ जेठ २२ गते निवेदन मार्फत न्यायका लागि पहल गरिदिन इन्सेक सिन्धुपाल्चोक प्रतिनिधिसँग आग्रह गर्नुभएको छ ।
‘धनबहादुर श्रेष्ठलाई ०५८ चैत २६ गते मेलम्ची र तिपेनीस्थित नयाँ श्रीनाथ गणका सेनाले घरमा बसिरहेको अवस्थामा माओवादीको आरोपमा घरबाट लगेको हालसम्म घर नआएको’ मानवहादुरले बताउनुभयो ।
बेपत्ता भएका बाबुको नाममा हालसम्म रीति परम्परा अनुसार काजकिरिया गर्न समेत नपाएको बेपत्ता परिवारको भनाइ छ ।
न्याय र राहतका लागि जिल्ला प्रशासन कार्यालय, शान्ति समिति, बेपत्ता आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायतका निकायमा उजुरी दिएपनि हालसम्म कतैबाट पनि न्याय नपाएकोले इन्सेक समक्ष न्यायका लागि पहल गरिदिन अनुरोध गरेको उहाँले बताउनुभयो ।