INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका– ९ का ३० वर्षीय केशव बोटलाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो