१६ वर्षीया बालिकालाई ०८१ जेठ ६ गते घरमा बोलाएर बलात्कार गर्ने बनेपा नगरपालिका–१४ साँगाका ४९ वर्षीय प्रकाश कार्कीलाई २०८१ जेठ २० गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई बलात्कार गरेको आरोपमा आफन्तले कार्कीविरुद्ध २०८१ जेठ ११ गते इलाका प्रहरी कार्यालय बनेपामा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेका थिए ।
सर्लाही जिल्ला घर भई कोठा भाडामा बस्ने पीडित बालिकालाई घरमा लगेर बलात्कार गरेको आरोपमा कार्कीलाई गिरफ्तार गरिएको डिएसपी लालध्वज सुवेदीले बताउनु भयो ।
आरोपितलाई प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।