INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ६/६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दुई जना १० वर्षीय बालकलाई ६/६ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ १८ गतेको इजलासले कसुर ठहर गर्दै ६/६ महिना कैद सजाय र ५०/५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालिकालाई बालकहरूले ०८० माघ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ४ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएको थियो । बालकहरूलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको थियो ।

अन्य

भिडियो