INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  प्रहरीले बाह्रविसे नपा– ३ का २६ वर्षीय निरञ्जन लामालाई ०८१ जेठ १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चौतारा सागाचोकगढी नपा–५ स्थित आफ्नै कोठामा काम गर्न राखेको अवस्थामा ०८० कात्तिक १९ गते बलात्कार गरेको  भन्दै पीडितपक्षले ०८१ वैशाख २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले बताउनु भयो ।

बलात्काबाट पीडितको ६ महिनाको गर्भ रहेकोले  पीडितलाई महिला पुर्नस्थापना केन्द्रमा राखिएको छ ।

 पीडितको स्वास्थ्य परीक्षण वैशाख २७ गते चौतारा अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो