राजपुर गाउँपालिका-१ की ३५ वर्षीया मौसमी बुढालाई खुकुरी प्रहार गरी उनका ३८ वर्षीय पति नन्दलाल बुढाले असोज ६ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपितले दिउँसो घरभित्रै पत्नीको हत्या गरेर फरार भएको प्रहरीको भनाई छ । पत्नीको चरित्रमाथि शङ्का गर्ने र कुटपिटसमेत गर्दै आएका बुढाले हत्या गरी भागेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयकी एसपी दुर्गा सिंह चन्दले जानकारी दिइन् ।