दर्ता भएका उजुरीमध्ये घरेलु हिंसाबाट सबै भन्दा बढी पीडित भएको चितवन जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । ०८० साउन देखि ०८१ वैशाखसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा दर्ता भएका ७ सय ४४ ओटा उजुरी मध्ये घरेलु हिंसाका ४ सय २ ओटा दर्ता भएका छन् । यसैगरी, महिला माथि हुने बलात्कार लगायतका घटनामा ७९ ओटा उजुरी दर्ता भएका छन् ।
जसमा खान लाउन नदिएको ९७ ओटा, जन्मदर्ता विवाहदर्ता तथा नागरिकता सम्बन्धी १९ ओटा दाइजोको विषयमा तीन, कृटपिट १ सय ४८, गालीगलौज १ सय ३५ ओटा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस अवधिमा २ सय ६७ जनाको निवेदनमा मिलापत्र गरिएको, ५६ जना अदालती प्रकृयामा गएको र ७९ जनाको उजुरी अनुसन्धानको क्रममा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
साथै गत साउन यता ४१ ओटा बलात्कार, चार ओटा बलात्कार प्रयास, यौन दुर्व्यवहारका २३ ओटा, बहुविवाह १० ओटा र बालविवाह एउटा रहेको पनि डिएसपी भण्डारीले बताउनु भयो ।