१७ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका २८ वर्षीय सिताराम बिकलाई प्रहरीले जेठ १४ गते घरबाटै गिरफ्तार गरेको छ ।
गाउँमै जेठ १० गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १४ गते जिल्ला अस्पतालमा भयो ।
आरोपितलाई हिरासतमा राखी घटनाको अनुसन्धान थालिएको इन्स्पेक्टर मगराठीले बताउनुभयो ।