कोटहीमाई गाउँपालिका-४, जिगनीहवाकी ७० वर्षीया रसिया ओरी चाईलाई कुटपिट गरेको आरोपमा बुहारी ४५ वर्षीया राजमति चाईलाई प्रहरीले ०८१ जेठ १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ ८ गते वृद्धा भत्ताको पैसा आफूलाई नदिएको भन्दै गाली गलौज, कुटपिट गरी मानसिक यातना दिएको भन्दै पीडित पक्षले जेठ १० गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्सपेक्टर रेशमप्रसाद आचार्यले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य उपचार भिम अस्पताल, भैरहवामा भइरहेको छ ।