INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित पति गिरफ्तार

भिमदत्त नगरपालिका–१० गड्डाचौकीकी ३५ वर्षीया जानकी टमट्टालाई सार्वजनिक स्थानमा अश्लिल शब्दहरु प्रयोग गरी गालिगलौज गर्दै कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति शुरेस टमट्टालाई ०८१ जेठ ८ गते गिरफ्तार गरेको छ ।

आफूलाई कुटपिट गरी घाइते बनाएको र खान लाउन नदिई घर निकाला समेत गरेको भन्दै पीडित महिलाले जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएकोले आरोपित पतिलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर मुद्दाफाँटका प्रहरी जवान अनिता पासवानले बताउनु भयो ।

मादक पदार्थ सेवन गरी दिनहुँ गालिगलौज गर्ने, खानलाउन नदिई घर निकाला गर्ने र कुटपिट गर्ने गरेको कारण एक सातादेखि भिमदत्त नगरपालिका–१८ सालघाँडीस्थित देवरको घरमा बस्दै आएको अवस्थामा जेठ ८ गते सार्वजनिक स्थलमा मुक्का प्रहार गरी बाटोमा लडाएर निर्धात कुटपिट गरेपछि पति विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन बाध्य भएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

लामो समयदेखि पटकपटक कुटपिट गर्ने, अपशब्द बोल्ने, हातपात गर्ने र घर निकाला गरीे मानसिक यातना दिने गरेका कारण पति विरुद्ध पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको अल्पकालिन सेवा केन्द्रकी संयोजक मञ्जु केसीले जानकारी गराउनु भयो ।

कुटपिटबाट घाइते हुनुभएकी पीडित महिलाको स्वास्थ्य उपचार जेठ ८ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो