१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका– १ सेलाङका ४६ वर्षीय ढालबहादुर थापालाई ०८१ जेठ ५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८१ वैशाख २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर संजिवकुमार यादवले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते चौतारा अस्पतालमा गरिएको छ ।