INSEC Online

📅 २०८३ जेष्ठ २१

अखिल क्रान्तिकारीका कार्यकर्ताले शिक्षकलाई मोसो दलेर दुर्व्यवहार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले भानु मावि बन्दिपुरका शिक्षक दिपबहादुर खत्रीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् ।

विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको र शिक्षक सरूवामा अनियमितता गरेको आरोपमा पीडितलाई असोज ४ गते दिउँसो मोसो दलिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

विद्यालयमा बसिरहेका खत्रीलाई विद्यालयको कम्पाउण्ड बाहिर बोलाएर क्रान्तिकारीका कार्यकर्ताहरूले मोसो दलेका थिए । प्रअबाट गतसाता राजिनामा गरेका खत्रीले विद्यालय निर्माणको क्रममा व्यापक भ्रष्टाचार गरेको उजुरी परेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव गोकुल पराजुलीले बताए ।

साथै उनले शिक्षक सरूवामा पनि आर्थिक चलखेल गरेको उजुरी पार्टीका विद्यार्थी सङ्गठनलाई परेको भन्दै पराजुलीले यसै कारण विद्यार्थीहरूले मोसो दलेको बताए । उनले अनियमितता गरेको सबै रकम केही दिन भित्रैमा सम्बन्धित निकायलाई फिर्ता गर्ने शर्त पनि गराइएको पराजुलीले बताए । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजयराज पण्डितले यस घटनाका बारेमा आफूहरूलाई केही जानकारी नभएको बताए ।

अन्य

भिडियो