१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले घोराही उपमहानगरपालिका-१४ का १९ वर्षीय शङ्कर विकलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश तेजनारायण पौडेलको ०८१ जेठ ४ गतेको इजलासले कसुर ठहर गर्दै नौ वर्ष कैद सजाय, ३ लाख ५० हजार रुपियाँ जरिबाना र ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित बालिकालाई विकले ०७९ भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । विकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ १७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भएको थियो ।