INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार

बेलौरी नगरपालिका–६ विद्यानगर घर भई बेलौरी नगरपालिका–८ स्थित जनज्योति माध्यमिक विद्यालय, कलकत्तामा लामो समयदेखि शिक्षण गर्नुभएका ६५ वर्षीय शिक्षक लच्छी चन्दलाई ०८१ जेठ २ गते हत्या गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–४ घर भई बेलौरी नगरपालिका–६ स्थित विद्यानगरमा बस्दै आउनुभएका ३५ वर्षीय महेश भण्डारीलाई जेठ ३ गते गिरफ्तार गरेको छ ।

शिक्षक चन्दलाई जेठ २ गते राति मदिरा सेवन गरेर आएका भण्डारीले सामान्य विवादमा मुख र टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले जेठ ३ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेश जोशीले बताउनु भयो ।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शिक्षक चन्दको बेलौरी प्राथमिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढीस्थित निर्सग अस्पतालमा लगिएकाे र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जोशीले बताउनु भयो ।

शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको छ ।

अन्य

भिडियो