INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली प्रहारबाट एक जना भारतीय नागरिक घाइते

प्रहरीको गोली प्रहारबाट भारतीय नागरिक ३४ वर्षीय भगिरथ हरिजन घाइते भएको प्रहरीले जनाएको छ ।

रतुवामाई नगरपालिका-६ कादुपाडामा प्रहरीले ०८१ जेठ १ गते चलाएको गोली खुट्टामा लागि हरिजन घाइते भएको इलाका प्रहरी कार्यालय, सिजुवाका इन्स्पेक्टर दीपक खरेलले बताउनु भयो ।

१ सय ५८ ग्राम ब्राउनसुगर तस्करी गरी भारततर्फ गइरहेको अवस्थामा हरिजनलाई नियन्त्रणमा लिनका लागि दुई राउण्ड गोली चलाएको इन्स्पेक्टर खरेलले बताउनु भयो ।

हरिजनलाई नियन्त्रणमा लिने क्रममा लागु औषध नियन्त्रण व्यूरो, कोटेश्वरमा कार्यरत असई २६ वर्षीय नवीनकुमार शाही घाइते हुनु भएको छ ।

शाहीको दाहिने हातमा चोट लागेको इलाका प्रहरी कार्यालय, सिजुवाका इन्स्पेक्टर दीपक खरेलले बताउनु भयो ।

घाइते दुवै जनाको स्वास्थ्य चौकी, सिजुवामा उपचार भइरहेको छ ।

Photo 20240514 Morang (2)

अन्य

भिडियो