सखुवानन्कारकट्टी गाउँपालिका-४ की ३० वर्षीया तञ्जिला खातुनमाथि बन्चरो प्रहार गरी हत्या गरेको कसुरमा मृतकका देवर ३० वर्षीय मोहमद जियाउललाई जिल्ला अदालतले ०८१ वैशाख ३० गते जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायधीश टेकबहादुर कार्कीको एकल इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै सो फैसला गरेको हो ।
घरायसी विवाद हुँदा आरोपितले ०८० माघ ८ गते भाउजुमाथि बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा माघ ८ गते उजुरी दिनु भएको थियो ।
शवको पोष्टमार्टम लहानस्थित प्रादेशिक अस्पतालमा माघ ८ गते भएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई माघ ८ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित फागुन ३ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन ।