१५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा हरिनास गाउँपालिका– ३ सिरिन्डोडाका २१ वर्षीय रिम बहादुर थापालाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई पटक पटक र अन्तिम पटक ०८० कात्तिक महिनामा बलात्कार गरेको भन्दै पीडित परिवारले वैशाख २५ गते दिएको उजुरीको आधारमा थापालाई गिरफ्तार गरिएको प्रहरी निरीक्षक पावल सिंह लामाले बताउनुभयो ।
आरोपित विरुद्ध बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको लामाले बताउनुभयो ।