INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता

मालारानी गाउँपालिका-१, मुसामारे थाम्का घर भई हाल रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-९, तीनकुने बस्ने ४१ वर्षीया मायाँ कुवँर विश्वकर्माले आफूलाई घरेलु हिंसा गरेको भन्दै पति ४५ वर्षीय भिमबहादुर विश्वकर्मा विरुद्ध ०८१ वैशाख ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको छ ।

पीडितलाई आरोपितले पछिल्लो पटक वैशाख २९ गते मादक पदार्थ सेवन गरेर गाली गलौज गर्ने, कुटपिट गरी सम्बन्ध विच्छेद गर्न दबाब दिइ  मानसिक यातना दिएको अर्घाखाँची जिल्ला अदालतका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिनुभयो ।

१७ वर्षको उमेरमा ०५७ वैशाख २० गते आफू दुईबीच अन्तरजातीय विवाह भएको पीडित विश्वकर्माले बताउनु भयो । पीडितको २१ वर्षीय छोरा र १५ वर्षीया छोरी साथमा हुनुहुन्छ । पटक पटक कुटपिट घटनाबाट ज्यान बचाउन छोराछोरीको सहमति र सहयोगमा आरोपित विरुद्ध मुद्दा दर्ता गराउन बाध्य भएको पीडित महिलाले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो