INSEC Online

📅 २०८३ जेष्ठ २१

अनेरास्ववियु क्रान्तिकारीद्वारा विद्यालयको बसमा आगजनी

अनेरास्ववियु क्रान्तिकारीद्वारा विद्यार्थी लिन गएको चितवनको स्मल हेभन स्कुल बसमा भरतपुर महानगरपालिका—२० दद्रेनी नजिकै वैशाख ३० गते आगजनी गरेको प्रहरीले जनाएको छ ।

तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएर भागेको जिल्ला प्रहरी कार्यालयका एसपी भावेश रिमालले बताउनु भयो ।

विद्यालयले दिएको जानकारी अनुसार चनौली, दद्रेनी, शुक्रनगर, पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६—००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेका थिए ।

photo2024051301chitwan

 

अभिभावकसँग चर्को शुल्क उठाउने गरी शैक्षिक व्यापारीकरण र माफिया हावी भएकोले आफूहरूले कारबाहीस्वरुप बसमा आगजनी गरेको अनेरास्ववियु क्रान्तिकारीकी संयोजक सुमनाले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ । आगजनी गर्ने समूहले बसका सहचालकको मोबाइल फोनसमेत लिएर गएका छन् ।

अन्य

भिडियो