१३ वर्षीया बालिकालाई सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका-१० घर भई लहान नगरपालिका-६ स्थित डेरामा बस्ने २१ वर्षीय श्रीदेव मुखियाले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सात वर्ष कैद सजायको फैसला ०८१ वैशाख २७ गते गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश मनोज केसीको एकल इजलासले सो फैसला गरेको हो । त्यस्तै, आरोपितले पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति दिनु पर्ने समेतको फैसला भएको हो ।
आरोपितले पीडितलाई ०७५ असोज ७ गतेदेखि पटक पटक बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय गोलबजारमा मङ्सिर ४ गते उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा मङ्सिर ४ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई मङ्सिर ४ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपित पुस २ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।