INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका-१८ का ५५ वर्षीय ओविराम वलीलाई हत्या गरेको आरोपमा पत्नी ४२ वर्षीया होटी वलीलाई प्रहरीले ०८१ वैशाख २७ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लका अनुसार मादक पदार्थ सेवन गरी लामो समयसम्म झै-झगडा गर्दै आएका वली दम्पतिबीच वैशाख २६ गते राति कुटपिट हुँदा पतिको संवेदनशील अङ्गमा चोटका कारण गम्भीर घाइते हुनुभएको थियो । उक्त कुटपिटबाट गम्भीर घाइते पतिको उपचारको क्रममा वैशाख २७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा मृत्यु भएको थियो ।

शवको पोष्टमार्टम वैशाख २८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरी परिवारको जिम्मा लागाएको थियो । पीडित परिवारले शव बुझी सोही दिन सदगत् गरे । आरोपित होटी ओविरामकी कान्छी पत्नी भएको र उनीहरू नौ वर्षदेखि विवाह गरेर सँगै बस्दै आएको डिएसपी मल्लले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो