हरिनगर गाउँपालिका-२ का २१ वर्षीय पत्रकार रूपेशकुमार मोचीले आफूलाई धम्की आएको बताउनु भएको छ ।
मुस्लिम समुदायका युवाले समाचार लेखेको विषयलाई धम्की दिएको पीडित पत्रकारको आरोप छ ।
हरिनगर गाउँपालिका-२ मा ०८० चैत २३ गते मुस्लिम समुदायका युवाले धर्मको विरोध गरेको आरोपमा एक जना युवालाई सार्वजनिक रूपमै कुटपिट गरेको विषयमा समाचार लेखेपछि धम्की आउने गरेको पीडित पत्रकारको आरोप छ ।
पत्रकार मोचीले जीवनको सुरक्षा गरीदिन माग गर्दै इन्सेकमा निवेदन दिनु भएको छ ।
शान्ति सुरक्षा र जीवनको रक्षाको माग गर्दै पत्रकार मोचीले ०८१ वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु भएको छ ।
जासुस खबरमा कार्यरत पत्रकार मोचीलाई धम्की दिएको विषयमा इन्सेकले जिल्ला प्रशासन कार्यालय र प्रहरीसँग समन्वय गरी दोषीको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।

