वालिङ नगरपालिका– १३ बायाँटारीमा रहेको प्रहरी चौकी थुमपोखराका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन सिंहमाथि कुटपिट गर्ने वालिङ नगरपालिका– १२ का काजी गुरुङ र सुदिप गुरुङलाई प्रहरीले वैशाख २२ गते गिरफ्तार गरेका छ ।
वैशाखा १२ गते राती गस्तीमा रहेका सिंहलाई काजी गुरुङ, सुदिप गुरुङ र रविन गुरुङले कुटपिट गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
चौकी इन्चार्ज सिंहको टाउकोमा चोट लागि घाइते भएको र हाल उहाँको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उक्त घटनामा संलग्न भनिएका अर्का युवा रविन गुरुङ पनि घाइते भएको र उपचार भइरहेको रानाले बताउनुभयो । सुरक्षाको लागि खटिएका प्रहरी अधिकृतलाई नै कुटपिट गरि गम्भीर घाइते बनाएका युवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।