
सबैला नगरपालिका-१२ स्थित रघुनाथपुर र वडा नं १० सिमराहीमा ०८१ वैशाख २१ गते भएकाे आगलागीमा दुई/दुई गरी जम्मा चार ओटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट रघुनाथपुरस्थित बाख्रा फर्म र एक थान मोटरसाइकल जलेर नष्ट भएको छ भने सिमराहीमा दुई ओटा घरका सबै समानहरु जलेर १८ लाख ७५ हजार रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर सुन्दर चौलागाईले जानकारी दिनु भयाे ।
दिउँसाे २ बजेदेखि सुरु भएको आगलागी ३:३० बजे नियन्त्रणमा आएको नगर प्रहरीका इन्चार्ज लक्ष्मण प्रसाद शाहले बताउनु भयाे ।
सबैला नगरपालिकाको बारुण यन्त्र, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयकाे प्रयासमा आगलागी नियन्त्रणमा आएको नगर प्रमुख कारीराम यादवले जानकारी दिनु भयाे ।
नगरपालिकाको विपद व्यवस्थापन समितिकाे वैशाख २२ गतेकाे आकस्मिक बैठकले आगलागी पीडितहरूलाई २१ हजार रुपियाँ, १ सय किलो चामल, १० किलो दाल, पाँच लिटर खाने तेल, दुई केजी नुन, दुई ओटा त्रिपाल सहयाेग गरेकाे सबैला नगरपालिकाका विपद व्यवस्थापन समितिका अध्यक्ष विश्वासलाल कर्णले जानकारी दिनुभयो ।
