INSEC Online

📅 २०८३ जेष्ठ २१

जयेन्दु बालसुधार गृहमा शिक्षकको अभाव हुँदा बालबन्दीको पठनपाठन प्रभावित

डुडुवा गाउँपालिका-६ स्थिति जयेन्दु बालसुधार गृहमा शिक्षकको अभाव हुँदा बालबन्दीको पठनपाठन प्रभावित भएको छ ।

जयेन्दु बालसुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी राख्दा बालकहरूको पठनपाठनमा समस्या भएको छ । बालसुधार गृहका प्रमुख विमला काउचा मगरका अनुसार बालसुधार गृहमा १ सय ९० जना क्षमता भएको बालसुधार गृहमा हाल २ सय ५७ जना बालकहरू राखिएको छ । क्षमताभन्दा बढी बालबन्दी राखिएको र शिक्षकको अभावका कारण बालकहरूमा पठनपाठनको समस्या भएको हो ।

बालकहरूलाई सुत्न र खाने समस्या नभएको तर स्वास्थ्यमा समस्या हुने गरेको उहाँले बताउनु भयो । जयेन्दु बालसुधार गृहमा दुई ओटा भवन रहे तापनि एउटा हाल नयाँ भवनमा मात्रै कानुनी विवाद रहेकोले बालकहरूलाई राखिएको र ती भवनमा सानो ठूला गरेर आठ कोठामा रहेका हलका कोठामा २४ जनादेखि ८० जनालाई राखिएको बालसुधार गृहका प्रमुख मगरले बताउनु भयो ।

गाउँपालिकाको अनुदानमा प्राथमिक स्तरका दुई जना शिक्षक रहेका भए तापनि ५ देखि कक्षा १२ सम्मको बालबन्दी पढ्दै गरेको अवस्थामा छन् । विद्यालयमा दर्ता नभएकाले आधारभूत शिक्षक दरबन्दी हुन नसक्दा पठनपाठनमा प्रभाव परेको प्रमुख मगरको भनाई छ । यसपटक ३१ जना बालबन्दीले एसईई परीक्षा दिएको, २८ जनाले कक्षा १२ को परीक्षा दिइरहेको र कक्षा ८ सम्म बालकहरूलाई बालबन्दीहरूले नै भोलिन्टियरली पढाउँदै आएको प्रमुख मगरले इन्सेकलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो