स्वाच्छ निर्वाचनका लागि नागरिक अभियानले भदौ २८ गते जिल्ला सदरमुकाम मलङ्गवामा अयोजना गरेको कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचनमा नियमन् निकायको लपारबाहीले गर्दा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचन आचारसंहिता लागू भएपछि नियमन् निकाय सक्रिय नहुँदा सरकार र उम्मेदवारले व्यपक रूपमा अचारसंहिता उल्लङ्घन गरेको बताएका हुन् ।
कार्यक्रममा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्यकुरेलले प्रदेश नं. २ मा उम्मेदवार बन्न पार्टी परिवर्तन गरेका कारण स्वच्छ निर्वाचनमा प्रश्न उठेको बताए । “मतदाता सचेत र उम्मेदवार प्रष्ट भएपछि निर्वाचन स्वच्छ हुन्छ ।”-प्याकुरेलले भने-“टिकटकै लागि दल परिवर्तन गर्ने उम्मेदवार कसरी प्रष्ट हुन्छ -” लोकतन्त्र संस्थागत गर्न मतदाताले मतदानमा जातीय कित्ता छोडनु पर्ने अध्यक्ष प्याकुरेलले बताए ।
कार्यक्रममा नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र अर्यालले निर्वाचन पर्यवक्षकहरूले सही रूपमा पर्यवेक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रमा नागरिक समाजका अगुवा उग्रकान्त झाले उम्मेदवार खुलेयाम रूपमा अचारसंहित उल्लङ्घन गरेपनि नियमन् निकाय मौन रहेको बताए ।
नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले डुबान र बाढीले सडक बगाएका कारण निर्वाचनको लागि समय उपयुक्त नभएको बताए । “सडक बगाएका कारण पर्यवेक्षणमा समेत समस्या भएको छ ।”-उनले भने ।