२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय रोहित सिजापतिलाई ०८१ वैशाख १५ गते गिरफ्तार गरेको छ ।
आफूमाथि आरोपितले २०८१ वैशाख १४ गते बलात्कार गरेकोले आरोप विरुद्ध वैशाख १५ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जिल्ला अदालतबाट तीन दिनको म्याद थपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर उपेन्द्रबहादुर बमले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।