INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौँको नागार्जुन नगरपालिका-१ बस्ने २६ वर्षीय फिरोज खाँन भन्ने फरमान हवारीलाई प्रहरीले ०८१ वैशाख १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले आफूले धेरै मानिसहरूलाई क्यानाडा पठाइसकेको भनेर प्रलोभन देखाउँदै दुवई पुर्‍याई राहदानी लगायतका कागजातहरू जफत गरी बन्धक बनाएर राखेको भन्दै पीडित पक्षले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा वैशाख १२ गते उजुरी दिएको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको ब्युरोका प्रवक्ता एसपी ज्ञानेन्द्र प्रसाद फुयालले इन्सेकलाई जानकारी दिनुभयो ।

त्यसैगरी ब्युरोले पीडितलाई सोही दिन उद्धार गरेर सुरक्षित आवास गृहमा राखिएको एसपी फुयालले बताउनु भयो ।आरोपितले पीडितलाई बन्धक बनाई मानसिक यातना दिँदै ११ लाख २८ हजार रुपियाँ समेत ठगी गरेको र आफन्तहरूको सहयोगमा पीडित ०८० चैत ३० गते नेपाल आएर उजुरीको प्रक्रिया अगाडि बढाउनुभएको एसपी फुयालले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १२ गते थापाथलीस्थित प्रसुति गृहमा भयो । आरोपितलाई वैशाख १३ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको एसपी फुयालले जानकारी दिनुभयो ।

अन्य

भिडियो