INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–६ का २८ वर्षीय जगरनाथ राय यादवलाई ०८१ वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ०८० माघ ३ गते धाक धम्की दिई बलात्कार गरेको भन्दै माघ १० गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

आरोपितलाई वैशाख १३ गते गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ११ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

अन्य

भिडियो