INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका–७ का ११ वर्षीय बालकलाई ०८१ वैशाख १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले २०८० चैत २५ गते बलात्कार गरेको भन्दै बालिकाले आमालाई जानकारी दिएपछि आरोपित विरुद्ध ०८१ वैशाख ११ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी वैशाख १२ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर उपेन्द्रबहादुर बमले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो