INSEC Online

📅 २०८३ जेष्ठ २१

मेडिकल सुपरिटेण्डेन्ट माथि दुर्व्यवहार, कारबाहीको माग गर्दै प्रशासनमा उजुरी

धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानमाथि अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण शंकर श्रेष्ठले दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी परेको छ ।

वैशाख १३ गते दिउसो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा सहितको टोली मेसु प्रधानको कार्यकक्षमा बसी अनौपचारिक छलफल गरिरहेको समयमा सदस्य श्रेष्ठले नियतवस कुटपिट गरेको, गाली बेइज्जती गरेको, अपमान  गरेको भन्दै श्रेष्ठलाई कारबाहीको माग गर्दै प्रशासनमा उजुरी परेको हो ।

आफुमाथी कुटपिट गर्ने श्रेष्ठलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ तथा प्रचलित कानुन अनुसार कारबाहीको माग गर्दै मेसु प्रधानले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिनु भएको हो ।

प्रमुख मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठबाट कुटिएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बैठक बसी श्रेष्ठलाई कारबाही गर्न समेत माग गरेका छन् ।

स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्ने जो कोही भएपनि कानुन बमोजिमको कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । स्वास्थ्य संस्थामा आम नागरिकको जीवन रक्षाका लागि खटिने स्वास्थ्यकर्मीमाथी स्वास्थ्य संस्थामै पुगेर हातपात गर्नु, दुर्व्यवहार गर्नु दुखद् भएको भन्दै सहायक प्रजिअ बरालले कानुनी प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।

ujuri१ 081-1-14 baglung

अन्य

भिडियो