अपांगता भएका नागरिकलाई प्रहरीले औषधिसहित गिरफ्तार गरी औषधी फिर्ता नदिएको पीडितले गुनासो गर्नु भएको छ ।
प्रहरीले धुनीबेसी नगरपालिका–५ पुरानो धार्केका ५५ वर्षीय शिवराज श्रेष्ठलाई प्रहरीले गिरफ्तार पछि रिहा गर्दा नियमित खाने औषधि फिर्ता नदिएको पीडितले आरोप लगाउनु भएको छ ।
शरिरको एक तर्फी भाग प्यारालाईसिस भएर अपांगता भएका श्रेष्ठलाई प्रहरीले लेनदेन मुद्दामा अनुसन्धानका लागि ०८१ वैशाख ६ गते औषधिसहित गिरफ्तार गरेको थियो ।
शिक्षण अस्पताल, काठमाण्डौंमा जाँच गरेर नियमित औषधि सेवन गरीरहेका श्रेष्ठलाई लेनदेन मुद्दामा इलाका प्रहरी कार्यालय, खानीखोलाले डाक्टर दिएको औषधिसहित गिरफ्तार गरेको थियो ।
प्रत्येक ६ महिनामा एक पटक स्वास्थ्य परीक्षण गराएर सोही बमोजिम शिक्षण अस्पतालबाट औषधि खरिद गरेर ल्याएको औषधि प्रहरीले फिर्ता नदिएको भन्दै पीडितले इन्सेक प्रतिनिधिसँग औषधि फिर्ताका लागि पहल गरीदिन वैशाख ९ गते आग्रह गर्नु भएको छ ।
इसिजि गरेर मुटु जाँच गरेपछि निश्चित औषधि ल्याएर खाने गरिएको भएपनि प्रहरीले आफूलाई गिरफ्तार गर्दा औषधिसहित गरेको र रिहापछि करिब १८ सय रूपियाँ बराबरको औषधि फिर्ता नदिएको पीडितले गुनासो गर्नु भएको छ ।
औषधि फिर्ता माग्दा खानीखोलाका प्रहरी जवान सुर्य सुनारले गालीगलौज गर्दै औषधि खरिद गरेर खानु भनेको पीडतले बताउनु भयो ।
हाल पीडित घरमै रहेको र आफूले नेपाल प्रहरीको हेड क्वाटरमासमेत जानकारी गराएको भए पनि न्याय नपाएको पीडितले बताउँनु भयो ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका डिएसपि महेन्द्रकुमार मिश्रले प्रहरीले कुनै औषधि नल्याएको बताउँदै श्रेष्ठले प्रहरी हेडक्वाटरमासमेत फोन गरेर जानकारी गराइसकेकाले आफूले केही गर्न नसक्ने बताउँनु भयो ।