INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण गरी हत्या घटनाका आरोपितहरू गिरफ्तार

भारतको पोखरभिटवाका ४५ वर्षीय जमाल अहम्मदलाई अपहरण गरी हत्या गरेको आरोपमा मायादेवी गाउँपालिका-२, अभिरावका ४१ वर्षीय रमजान भन्ने अब्दुल अलि मुसलमान, सोही ठाउँका ३७ वर्षीय सुब्बा भन्ने नजामुद्दिन मुसलमान र ३२ वर्षीय अक्रम मुद्दिन मुसलमानलाई प्रहरीले ०८१ वैशाख ६ गते गिरफ्तार गरेको छ ।

अहम्मदलाई आरोपितहरूले वैशाख ६ गते मायादेवी गाउँपालिका-४, बिजुवाबाट अपहरण गरेर कुटपिट गरी हत्या गरेको भन्दै पीडितको आफन्तले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

तीन वर्षअघि आरोपित रमजान भन्ने अब्दुल अलिले मृतक जमाललाई ५ लाख रुपियाँ दिएको र सो रकम फिर्ता नगरेपछि कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आरोपितहरूलाई जिल्ला अदालतबाट वैशाख ७ गते पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

शवको पोष्टमार्टम वैशाख ७ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरी सदगतका लागि मृतकका आफन्तलाई बुझाइएको छ ।

अन्य

भिडियो