INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

विर्तामोड नगरपालिका-५ का ४५ वर्षीय सोमनाथ पोर्तेलले आफूलाई हल्दीवारी गाउँपालिका-२ का ४० वर्षीय डम्वरबहादुर गिरीले जातीय विभेद गरेको आरोप लगाउनु भएको छ ।

जिल्ला समन्वय समितिका पूर्व प्रमुख पोर्तेलले हल्दीवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्वरबहादुर गिरीले फोनमा जातीय विभेद गरेको बताउनु भयो ।

डम्वर गिरीले मलाई ०८० चैत १८ गते फोन गर्दा म अर्को कलमा बोल्दै थिएँ, पछि मैले कलब्याक गर्दा गिरीले ‘कामी, डाङ्ग्रा’ भनि जातीय विभेद गर्नुभयो । जातीय विभेदविरूद्ध लामो समय लडियो, अहिले आँफै विभेदमा परियो पीडित पोर्तेलले भन्नुभयो ।

आरोपितले आफूलाई जातीय विभेद हुने गरी फोनमा बोलेका कुरा रेकर्ड गरी इलाका प्रहरी कार्यालय, अनारमनीमा बुझाएको पीडित पोर्तेलको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण चन्दले विभेदबारे जानकारी आएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

घटनाका आरोपित डम्वरबहादुर गिरीले सोमनाथ पोर्तेलले हल्दीवारी गाउँपालिका आएर आफ्नो चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएपछि आफूले आवेशमा फोन गरी जातीय विभेद हुने गालीगलौच गरेको स्वीकार गर्नु भएको छ ।

अन्य

भिडियो